दुई युवायुवती जंगलमा मृत फेला
सुर्खेत– सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ः ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् ।
जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार उनीहरू जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मृतकहरूको नाम, थर र ठेगाना सहितको पहिचान भने हालसम्म खुल्न सकेको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
पछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा खटाइएको डीएसपी बुढथापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया