एनपीएलमा आज दुई खेल : कर्णाली र लुम्बिनी, विराटनगर र काठमाण्डु भिड्दै
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्।
शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन्।
दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।
क्याटेगोरी : खेलकुद, समाचार










प्रतिक्रिया