Hikmat Acharya
  • ६ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बाजुरामा १२ नयाँ मतदान केन्द्र सिफारिस


बाजुरा : जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा थप १२ वटा नयाँ मतदान केन्द्र सिफारिस गरेको छ।

जिल्लाका चार स्थानीय तहमा आवश्यकताअनुसार नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाइएको कार्यालयले जानकारी दिएको छ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा २ वटा, वडा नं. ३ मा २ वटा, हिमाली गाउँपालिका–१ बिच्छ्यामा १, वडा नं. ५ मा १ र वडा नं. ६ मा थप २ मतदान केन्द्र सिफारिस गरिएको छ।

त्यस्तै त्रिवेणी नगरपालिका–८ मा २ र बुढीनन्दा नगरपालिका–३ मा २ मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको उनले बताए। यससँगै बुढीगङ्गा नगरपालिका–२, ३, ५ र ९ का मतदान केन्द्रलाई सम्बन्धित वडाको कार्यालयमा स्थानान्तरणका लागि पनि आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

हाल बाजुराका पाँच नगरपालिका र चार गाउँपालिकामा ७० मतदान स्थल र ११२ मतदान केन्द्र छन्। जिल्लाभर ८६ हजारभन्दा बढी मतदाता छन्।

करिब २२ दिनको अवधि­­मा ८८ महिला र १३३ पुरुष गरी २ सय २१ नयाँ मतदाता थपिएको कार्यालयका निमित्त प्रमुख महतले जानकारी दिए। कात्तिक २ गते मात्र १० नयाँ मतदाता दर्ता भएका छन्।

उनले मतदाता नामावली दर्ता गर्न अझै करिब २८ दिन बाँकी रहेको उल्लेख गर्दै समयमै कार्यालयमा आएर नाम दर्ता गर्न आग्रह गरे।

निर्वाचन आयोगले जेनजी लक्षित कार्यक्रमअन्तर्गत असोज १० गतेदेखि सुरू भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य कात्तिक मसान्तसम्म रहने बताएको थियो। तर उत्साह जनक सहभागिता देखिएका कारण आयोगले म्याद थप गर्दै मङ्सिर ५ गतेसम्मका लागि विस्तार गरेको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode