एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाज भिड्ने
धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाज खेल्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।
आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ। प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो।
काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो। काठमाण्डूको कप्तानी करण केसीले सम्हालेका छन्।
यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो। सुदूरपश्चिम पनि काठमाण्डूलाई हराएर एनपीएलमा सुखद सुरुवात गर्ने दाउमा छ । सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गरेका छन्।
क्याटेगोरी : खेलकुद, समाचार










प्रतिक्रिया