Hikmat Acharya
  • २ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

एसएसपी विश्व अधिकारी डीआईजी बढुवामा सिफारिस


काठमाडौं : नेपाल प्रहरीको रिक्त डीआईजी पद बढुवाका लागि एसएसपी विश्व अधिकारीको नाम सिफारिस भएको छ।

गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत अधिकारीलाई सिफारिस गरेको हो।

जेनजी आन्दोलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारी कात्तिक ९ गते पाँच एसएसपीलाई डीआईजी बढुवाका निम्ति भएको सिफारिसमा छुटेका थिए।

२०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए।

पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डीआईजी सिफारिस गरिएपछि उनी असन्तुष्ट देखिएका थिए।

कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै डीआईजी पद रिक्त थियो।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode