Hikmat Acharya
  • १ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?


धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो।

निगमले जनाएअनुसार भारतबाट डिजेलमा प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाइएको हो। त्यस्तै, पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्यवृद्धि भएर आएको छ।

निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी बढेर आएको मूल्यभन्दा घटाएर मात्रै मूल्य बढाएको जनाएको छ। बढेर आएको मूल्य आइतबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode