Hikmat Acharya
  • १ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा खैरो हेरोइनसहित बिष्ट र चौधरी पक्राउ


कैलाली : कैलालीको गोदावरी नगरपालिका–५, गेटा क्षेत्रबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

शुक्रबार राति लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गोदावरी–५ गेटाका विजय बिष्ट, गोदावरी–१ बिजौराका राज चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार से.६प ७५९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिको शर्टको खल्तीमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने ५ ग्राम ७५० मिलिग्राम अवैध पदार्थ फेला परेको थियो।

उनीहरूले लागुऔषध लुकाइ–छिपाइ बोकिरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए। दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode