Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

रेशमलालको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता, बामदेवको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज


रेशमलालको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता, बामदेवको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज

धनगढी : निर्वाचन आयोजमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ। रेशमलाल चौधरीले चुनाव चिह्न जाँतो राखेर नयाँ दल दर्ता गराएका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार योसँगै आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १२५ पुगेको छ।

यस बीचमा बामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान भने खारेज भएको छ।

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगमा अहिले दल दर्ता भइरहेका छन्। अझै २१ दलले दर्ताका लागि निवेदन दिएको प्रवक्ता भट्टराईले बताए।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode