Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सशस्त्रका आईजीपी ६ जना लगेर भारत तिर


सशस्त्रका आईजीपी ६ जना लगेर भारत तिर

धनगढी : सशस्त्र प्रहरी बल,नेपालका आईजीपी राजु अर्याल भारत प्रस्थान गरेका छन्।

नयाँ दिल्लीमा हुने ‘नेपाल–भारत कोअर्डिनेशन’ को नवौं बैठकमा सहभागी हुन उनीसहित सात सदस्यीय टोली त्यसतर्फ गएको हो।

टोलीमा सशस्त्रका एआईजी गणेश ठाडामगर,एसएसपी किरण बस्नेत, डिएसपी सुरज पौडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत रामप्रसाद दास, उपसचिव रविन्द्र आचार्य र विजयराज तण्डुकार रहेका छन्।

नेपाल एअरलाइन्सको उडान नम्बर आरए२१७ बाट हिजो दिँउसो त्यसतर्फ प्रस्थान गरेको टोली कात्तिक २८ गते स्वदेश फर्किनेछ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode