डाक्टर–इन्जिनियरदेखि पहिचान पक्षधरसम्म कुलमानको पार्टीमा, तारा र सागरसहित अरु को–को ? (सूची)
कुलमान घिसिङको समन्वयमा दर्ता हुन लागेको उज्यालो नेपाल पार्टीमा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू देखिएका छन् । उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारीको सूचीसहित निर्वाचन आयोगमा दर्ता गरेका सूचीमा डाक्टर, इन्जिनियर, पर्वतारोहीदेखि पहिचान पक्षधरसम्म देखिएका छन् ।
इन्जिनियर तथा पूर्वऊर्जासचिव अनुप उपाध्यायको नेतृत्वमा गठन हुन लागेको पार्टीमा पर्वतारोही लाक्पाफुटी शेर्पादेखि पहिचानपक्षधर महेन्द्र लावतीसम्म छन् । निर्वाचन आयोगमा अहिले ५१ जनाको नाम बुझाइएको छ । ती नामहरूमध्ये केही नाम भने परिवर्तन हुने घिसिङनिकट स्रोतले उल्लेख गरेको छ ।
घिसिङनिकट स्रोतले दिएको जानकारीअनुसार शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका सागर ढकालदेखि सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद ताराप्रसाद जोशी पनि पार्टीमा छन् ।
त्यसैगरी, घिसिङको पार्टीमा तेजनारायण यादव, शंकर ढकाल, दीपेन्द्र जमरकट्टेल राजेन्द्र शाही छन् । त्यसैगरी, डा। अभिषेकराज सिंह, डा।विशाल भण्डारी, डा।राजु थापा, विजय पन्तको पनि ५१ जनामा नाम राखिएको छ ।
त्यसैगरी, कलाकार तथा कार्यक्रम सञ्चालिका रिमा विश्वकर्मा, इलाममा पहिचान पक्षधरको तर्फबाट उपचुनावमा प्रतिस्पर्धा गरेका डकेन्द्रसिं थेगिम, ज्ञानेन्द्रकुमार तामाङ, हिराप्रसाद सोती, सोमप्रसाद चौधरी, कुशल गुरुङ, जितराम लामा, सुवास प्रधान, श्री गुरुङ, निलिमा बस्नेत, टासी ल्हाञ्जोम, तेजनारायण यादव, डा।घनश्याम पाण्डे र सीतादेवी पाण्डेय पनि सूचीमा छन् ।
जितराम लामा एनजीओ फेडेरेशनका पूर्वअध्यक्ष हुन् भने टासी ल्हाञ्जोम यसअघि मन्त्रीको नाम आए पनि अन्तिममा रोकिएको थियो ।
हेर्नुहोस् सूची :



क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार





प्रतिक्रिया