Hikmat Acharya
  • २४ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा जिपले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते


धनगढी : कैलालीमा तरकारी बोकेको जिपले पैदल र साइकल यात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटना आइतबार बिहान साढे ५ बजे घोडाघोडी नगरपालिका–२, टनकपुरमा भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको जिपले सडक किनारमा रहेका साइक्लिस्ट र पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ठक्करबाट बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। उनलाई गम्भीर चोट लागेपछि उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया–६ का ५४ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा घाइते भएका हुन्।

प्रहरीका अनुसार कृष्ण डगौराको अवस्था गम्भीर रहेको छ र उनीहरू सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न जिप र चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode