Hikmat Acharya
  • २३ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीका मनोज जेनजी आन्दोलनमा लुटिएको हतियारसहित पक्राउ


धनगढी : जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति कैलाली घर भई काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने २१ वर्षीय मनोज ढुंगाना हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले ढुंगानालाई पक्राउ गरी उनको कोठाबाट ग्याँस गन, भिड नियन्त्रणका लागि प्रयोग हुने लेग गार्ड र एउटा मोबाइल फोन बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार ढुंगानाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार र गोली गट्ठा आफ्नो कोठामा लुकाइराखेको सूचनाका आधारमा छापा मारिएको थियो।

बरामद गरिएको ग्याँस गन र सामग्रीसहित ढुंगानालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode