कैलालीमा खैरो हेरोइनसहित एकजना पक्राउ
कैलाली : कैलालीमा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेका छन् ।
रानालाई शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया