२१ सहसचिवको सरुवा : सुदूरपश्चिममा भण्डारी र जोशी, मधेशमा मिश्र खटाइए
धनगढी : सरकारले २१ जना सहसचिवहरूको सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, प्रदेश र सरकारी निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
यही क्रममा शहरी विकास मन्त्रालयमा कार्यरत सहसचिव बिष्णु भण्डारी र उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव देवराज जोशी दुवैलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ।
उनीहरू दुवै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सुदूरपश्चिममा खटाइने भएका छन्। यसअघि सोही कार्यालयमा कार्यरत सहसचिव बीरेन्द्रकुमार मिश्र भने मधेश प्रदेशमा सरुवा भएका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया