दिपायलबाट धनगढी गइरहेको बसले लियो बृद्वाको ज्यान, चालक पक्राउ
धनगढी : कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।
बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो।
ठक्करबाट घटनास्थलमै वृद्धाको ज्यान गएको छ।
मृतक वृद्धा गोदावरी बस्ने दिलमाया श्रीस रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया