पक्राउ परे निकोलस भुसाल
धनगढी : तीन दिनदेखि प्रहरीले खोजी गरिरहेको निकोलस भुसाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार भुसाललाई सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने गतिविधिमा संलग्न रहेको आधारमा पक्राउ गरिएको हो।
निकोलस पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत अराजक टिप्पणी र उत्तेजनात्मक अभिव्यक्ति दिँदै आएका थिए।
तीन दिनअघि उनले माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका थिए। तर निर्धारित दिन भने उनी स्थलमा उपस्थित भएका थिएनन्।
यसअघि पनि माइतीघरमा आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका उनको शारीरिक परीक्षणका क्रममा गाँजा सेवन गरेको पुष्टि भएपछि रिह्याब सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको थियो।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया