के ऊर्जामन्त्री कुलमान राजीनामा दिन लागेका हुन् ?
काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै मन्त्रीले त्यस्तो समाचारलाई निराधार भनेका हुन्।
उनले लेखेका छन्, ‘पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै पनि सत्यता छैन।’
जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकार जनताको आशा र विश्वास पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्रीले आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर क्रियाशील रहेकोबारे प्रष्ट पारेका छन्।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया