Hikmat Acharya
  • १८ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

डोटीकी शिक्षिका खड्का मृत्यु प्रकरण : आरोपी रावलको लिइयो बयान


धनगढी : डोटीकी शिक्षिका जानकी खड्का मृत्यु प्रकरणमा प्रक्राउ परेका गणेश रावलको सरकारी वकिल कार्यालयमा बयान लिइएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नजराज जोशीका अनुसार सोमबार सरकारी वकिलले घटना प्रतिवादी रावलको बयान लिएका हुन्।

यसअघि १५ गते प्रतिवादीको बयान लिने काम हुने बताएपनि सरकारी वकिल जिल्लामा नहुँदा त्यस दिन रोकिएको थियो। अनुसन्धानमा घटनाक्रमले माग गरेअनुसार प्रतिवादीको बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

उनका अनुसारपछि पीडित र साक्षीहरुको पनि बयान क्रमश: हुनेछ। घटनाको जाहेरी दर्ता भएपछि प्रहरी २४ दिनभित्र अनुसन्धान प्रतिवेदन पूरा गरी सरकारी वकिलकहाँ बुझाउनुपर्ने हुन्छ । सरकारी वकिलले दुई दिनको म्याद थप गरेर अदालतमा सबै प्रतिवेदन पेस गर्नुपर्नेछ।

 सोमबार घटना भएको ८ दिन र जाहेरी दर्ता भएको ७ दिन पूरा भएको छ। अब प्रहरी अनुसन्धान पूरा गरेर सरकारी वकिल कहाँ अनुसन्धान प्रतिवेदन बुझाउन १७ दिन बाँकी छन्।

कात्तिक १० गते पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाजुराको बूढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत थिइन्।

जानकीले मृत्युअघि लेखेको पत्रमा जिल्ला शिक्षा समन्वय एकाई डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी थिइन्।

रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग मित्रता गाँसेर लगातार मानसिक तनाव दिएको जानकीले पत्रमा उल्लेख गरेकी थिइन्।

विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएको कुराले जानकी थप त्रसित बनेको पत्रबाट खुल्छ। घटनापछि मृतक परिवारको जाहेरीका आधारमा गणेश रावललाई प्रहरीले पक्राउ गरेको हो।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode