प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा, कसलाई कहाँको जिम्मेवारी ?
काठमाडौं : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्। बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ।
यसअनुसार खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको, अधिकारीलाई उपत्यका प्रहरी कार्यालयको, भट्टराईलाई अपराध अनुसन्धान विभागको र शेखर खनाललाई अख्तियारको जिम्मेवारी दिइएको छ।
यस्तैलाई काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन्। उनीहरूलाई यहि कात्तिक ९ गते बढुवाका लागि सिफारिस गरिएको थियो।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया