धनगढीमा दुई भारतीय पक्राउ, बोकेका थिए स्रोत नखुलेको रकम
धनगढी : कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका– ३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया