Techie IT
  • ४ पुस २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बयालपाटा अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया


बयालपाटा अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया

अछाम : बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसका बिरामीको सफल शल्यक्रिया गरिएको छ।

अस्पतालको इतिहासमै विशेष अवस्थाबाहेक नियमित रूपमा गरिएको यो पहिलो एपेन्डिसाइटिस शल्यक्रिया हो।

चौरपाटी गाउँपालिका–५ का २३ वर्षिया महेन्द्र खड्काको शनिबार दिउँसो शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रोशनी प्रजापतीले जानकारी दिइन्।

शल्यक्रिया शल्यविशेषज्ञ डा. सरोज ढुंगानाको नेतृत्वमा सम्पन्न भएको थियो । अस्पतालका अनुसार बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।

यसअघि बयालपाटा अस्पतालले एपेन्डिसाइटिसका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर रेफर गर्दै आएको थियो। निमित्त मेसु डा. प्रजापतीका अनुसार अस्पतालले अब आवश्यकतानुसार अन्य शल्यक्रिया सेवाहरू पनि विस्तार गर्दै जाने छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode