बैतडी : बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला मणिलेक माध्यमिक विद्यालय गेट नजिकै महाकाली यातायातको सु.प.प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
देहिमाण्डौंस्थित निंगलाशैनि मन्दिरमा लागेको मेला हेरी घर फर्कँदै गरेकी महिलालाई सतबाँझबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको हो ।
घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : सुदूरपश्चिम

 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया