Hikmat Acharya
  • १५ कात्तिक २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बैतडी : बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गन्नातर्फ गईरहेको से १ ज १०६१ नम्बरको जिप आईतबार राति साढे १० बजेको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।

दुर्घटनामा डिलाशैनी गाउँपालिका–२ घर भएका जिप चालक वसन्त घरडी घाइते भएका छन् । उनको टाउकोमा चोट रहेको प्रहरी निरीक्षक बडूले बताए ।

घरडीलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको र उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त जिपमा चालक बाहेक अरु यात्रु नरहेको प्रहरी निरीक्षक बडूले बताए ।

जिप सडकबाट अन्दाजी ५० मिटर तल चौलानी नदीको किनारमा खसेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुुसन्धान जारी रहेको उनले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode