सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलको जाँचबुझ आयोगमाथि आक्रोश, सदस्य भण्डारीसँग स्टेजमै ‘नोकझोक’
धनगढी : जेनजी आन्दोलनका क्रममा भएको क्षतिको छानबिनका लागि बनेको आयोगका सदस्यमाथि सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल आक्रोशित भएका छन्।
आयोग सदस्य विश्वेश्वर प्रसाद भण्डारी बिहीबार कञ्चनपुरमा अनुगमनका क्रममा थिए। केही स्थानीय तहको निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको टोली पूर्वमुख्यमन्त्री रावलको निवासमा पुगेको थियो।
गत भदौ २४ गते रावलको घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो। आज टोली निरीक्षणका क्रममा त्यहाँ पुगे पनि रावलसँग खास संवाद भएन। त्यसपछि टोली अन्य क्षतिग्रस्त स्थानको अवलोकनमा गएको थियो।
अनुगमनपछि भीमदत्त नगरपालिका कार्यालयमा सर्वदलीय तथा सर्वपक्षीय छलफल कार्यक्रम तय गरिएको थियो। दिउँसो करिब २ बजे सुरु हुन लागेको कार्यक्रममा पूर्वमुख्यमन्त्री रावल आकस्मिक रूपमा पुगे र आयोगमाथि तीव्र आपत्ति जनाए।
‘हु आर यू रु पार्टी कार्यालय र जनताको घर जलाउनेहरूलाई कारबाही नगर्ने अनि यहाँ आएर नाटक देखाउनेरु’ भन्दै रावल आयोग सदस्य भण्डारीमाथि कड्किए। उनले थपे, ‘बोक्सी आफैँ, धामी आफैँ, यही आयोग हो त?’
सदस्यले जवाफ दिन खोजेपछि स्थिति थप तातियो।
रावल स्टेजमै पुगेर आक्रोशित हुँदै भने, ‘मेरो बालबच्चाको हालत देख्नु भएको छरु राज्यको तर्फबाट नाटक गर्न आएको हो तपाईँहरूरु जनताको पीडामा तमासा देखाउन आएको आयोग हो यो।’
उनले आयोगमाथि राज्यको कोष दुरुपयोग गरेको आरोप समेत लगाए। ‘जनताको घर र सरकारी कार्यालय जलाउने अनि यहाँ आएर ठूला कुरा गर्नेरु जनविरोधी काम गर्नेलाई हामी चुप लाग्दैनौं,’ भन्दै रावलले सदस्य भण्डारीलाई औंला ठड्याउँदै चेतावनी दिएका थिए।
रावल र भण्डारीबीचको नोकझोकपछि बैठकको माहोल तातिएको थियो। जिल्ला समन्वय समितिले आयोजना गरेको सो बैठकमा सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र सुरक्षाकर्मीहरूलाई बोलाइएको थियो।
तर वादविवादपछि एमालेका जनप्रतिनिधिहरू बैठकबाट बाहिरिए।
‘जेनजी समर्थकहरूबाट बनेको आयोगबाट न्याय सम्भव छैन,’ बैठक बहिष्कारपछि रावलले भने, ‘सिंहदरबार जलाउन उक्साउनेहरूकै हातमा आयोग छ, निष्पक्ष छानबिन स्वतन्त्र व्यक्तिबाट मात्र सम्भव छ।’
नोकझोक र बहिष्कारबीच बैठक सीमित जनप्रतिनिधि र कर्मचारीबीच मात्रै सम्पन्न भएको थियो।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया