श्रीमतीलाई ढक्की छोडेका रेशम चौधरीले रोजे जाँतो
धनगढी : नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आज दलबलसहित आयोगको कार्यालय पुगेर उनले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक दल दर्ताको लागि कागजातसहित निवेदन पेश गरेका हुन्।
कविर सोपलाई अध्यक्ष र चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ।
पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँगको लामो विवादपछि चौधरीले नयाँ दल खोल्ने निर्णय गरेका हुन्।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खानसहित तीन नेता पनि चौधरीको नयाँ पार्टीमा प्रवेश गरेका छन्। आयोगले अब निवेदनमाथि अध्ययन गरेर दल दर्ताको प्रमाणपत्र दिनेछ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया