रोहितको शतक खेर, युएईसँग हार्यो नेपाल
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। युएईको आईसीसी एकेडेमीमा भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको हो।
पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। युएईका आर्यशं शर्माले सर्वाधिक ९८ रन बनाए।
९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै युएईलाई जितको बाटो देखाए। अलिशान सराफुले ४५ र मोहम्मद वासिनले २६ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछानेले दुई, करण केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे। रोहितले १३० बलमा १०९ रनको योगदान दिए।
आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए।
सन्दीप लामिछाने ३ रनमा अविजित रहे। बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए। जुनैद सिद्दिकीले ३ विकेट लिए । जारी लिग–२ मा अमेरिका आठ अस्थायी एकदिवसीय मान्यता टोलीको शीर्ष स्थानमा छ।
अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ। नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ।
चौथो स्थानको ओमानले २० खेलबाट २४ अंक जोड्दा पाँचौ स्थानको क्यानडाले २१ अंक बटुलेको छ। छैटौं स्थानको नामिबियाको २४ खेलबाट १९ अंक छ।
नेपाल १८ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा छ भने नेपालको जति खेल खेलको पुछारको युएईको ८ अंक मात्र छ।
क्याटेगोरी : खेलकुद, समाचार










प्रतिक्रिया