Hikmat Acharya
  • १३ कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

राजुनाथ पाण्डेको निलम्बन कायम राख्न अदालतको आदेश


काठमाडौं : उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ।

न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो।

पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको थियो।

जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनको निर्णयलाई सदर भएको हो।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागार्ईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode