Hikmat Acharya
  • १३ कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलाको गुञ्जीसम्म भारतीय सेनाको कब्जा


धनगढी– भारतीय स्थलसेना प्रमुख उपेन्द्र द्विवेदीले नेपालले आफ्नो भूमि दावी गर्दै आएको गुञ्जी क्षेत्रको भ्रमण गरेका छन्।

द्विवेदीले सुदूरपश्चिमको दार्चुलास्थित विवादित क्षेत्रको भ्रमण गरेको पाइएको हो।

जबकी अहिले गुञ्जीसम्मै भारतीय सेनाले भूमी कब्जा गरिसकेको छ। सोही क्रममा भारतीय राज्य उत्तराखण्डको पिथौरागढस्थित पाँचशुल ब्रिगेड र कुमाउका विभिन्न सैन्य युनिटको निरीक्षण गर्ने क्रममा उनी सुदूर उत्तरको गुञ्जी पुगेको बुझिएको हो।

भ्रमणका क्रममा फर्मेसनको सञ्चालन तयारी,प्रविधि प्रयोग,सुरक्षा निकायहरूसँगको समन्वय र राष्ट्रनिर्माणबारे भइरहेका कार्यक्रमबारे जानकारी लिएका थिए। उनी सेनासँग दिपावली मनाउने क्रममा गत सोमबार उत्तराखण्ड पुगेका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode