Hikmat Acharya
  • १२ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा नयाँ घुमुवा टोली गठन, इन्चार्जमा चन्द


धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली गठन गरेको छ। पुरानो टोलीलाई विघटन गर्दै सादा पोसाकमा खटिने नयाँ घुमुवा टोली परिचालन गरिएको हो।

स्रोतका अनुसार वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई टोलीको इन्चार्जको जिम्मेवारी दिइएको छ। ठकुरीको कमाण्डमा चार सदस्यीय टोलीले अहिलेबाटै काम थालिसकेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले बेलाबखत घुमुवा नराख्न निर्देशन दिए पनि जिल्ला तहका कार्यालयहरूले अपराध अनुसन्धान र सूचना संकलनका नाममा यस्तो टोली सक्रिय राख्ने गरेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode