बालेनको दबाबमा गृहमन्त्री ओमप्रकाशको पद संकटमा !
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याललाई बिदा गर्ने तयारी तीव्र बनेको छ।
काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीलाई अर्यालको विकल्प खोज्न पटक–पटक दबाब दिइरहेका बेला, बालेनका नजिकका सहयोगी भिक्टर पौडेलले समेत अर्यालको राजीनामा मागेका छन्।
पौडेलले आफ्नै सर्कलमा ‘अर्यालले अब गृहमन्त्रीको जिम्मेवारी वहन गर्न नसक्ने’ भन्दै राजीनामा मागेको सन्देश सर्कुलेट गरेका छन्।
गृहमन्त्री बन्नु अघि अर्याल काठमाडौं महानगरमा कानुनी सल्लाहकारका रूपमा कार्यरत थिए। उनी बालेनकै सिफारिसमा मन्त्री बनेका हुन्। तर, मन्त्रालयमा गएपछि पुरानो सरकारका प्रभावशाली मुलीहरूलाई कारबाही गर्न नसकेको भन्दै बालेन–पौडेल पक्ष असन्तुष्ट बनेको छ।
सोहीबीच, सामाजिक सञ्जाल ‘मेन्स रुम (रिलोडेड)’ पेजमा गृहमन्त्री अर्यालको फोटो राख्दै ‘कायर गृहमन्त्री, तुरुन्त राजीनामा दे’ भन्दै पोस्ट गरिएको छ।
पोस्टमा लेखिएको छ, ‘तिमीलाई गृहमन्त्री बनाउनका लागि ७५ जनाले बलिदान दिएको होइन। केपी ओलीको ढोंगले कुकुरहरूसँग डराउने गृहमन्त्री हाम्लाई चाहिँदैन।’
उक्त पोस्टमा कमेन्ट गर्दै भिक्टर पौडेलले लेखेका छन् , ‘लेट्स मेक अ ट्रेण्ड गाइज’ ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया