उपचारका लागि सिंगापुर पुगे देउवा दम्पती, एयरपोर्टमा ह्वीलचेयरमा देखिए
धनगढी : सिंगापुर पुगे देउवा दम्पत्ति कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित सिंगापुर पुगेका छन्।
उपचारका लागि उनीहरु सिंगापुर गएको नेपाली कांग्रेसले जनाएको छ।
उनीहरु सोमबार राति पौने १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेका थिए। मंगलबार बिहान सिंगापुर विमानस्थलबाट स्टेचरमा बाहिर निस्किएको तस्बिरहरु बाहिरिएका छन्।
देउवा दम्पत्तिसँगै उनीहरुको स्वकिय कमल रावल पनि गएका छन्।
भिआइपी कक्ष बन्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्वसाधरणले प्रयोग गर्ने टर्मिनल हुँदै उनीहरु सिंगापुर गएका हुन्।
गत २४ भदौको आन्दोलनमा देउजा दम्पत्तिमाथि घरमै आक्रमण भएको थियो।
सो घटनापछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यावाहक सभापतिको जिम्मेवारी दिइसकेका छन्।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार










प्रतिक्रिया