उपचारका लागि सिंगापुर उडे देउवा दम्पती
धनगढी : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
देउवा पत्नी डा. आरजु देउवा राणसहित सोमबार राति ११:०५ बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए।
कांग्रेसको उनको स्वस्थ्य लाभको कामना गरेको छ। देउवा दम्पतीमाथि गत २४ भदौमा जेन–जी प्रदर्शनकारीले बूढानीलकण्ठस्थित निवासमा कुटपिट गरेका थिए।
एक महिना नेपालमा उपचारपछि उनी सिंगापुर लागेका हुन्।
कुटपिटबाट उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो।

क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार










प्रतिक्रिया