Hikmat Acharya
  • ११ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

रास्वपाको दार्चुला सभापतिमा सामन्त


धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त र उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन भएका छन्।

सोमबार जिल्ला सदरमुकाम खलङ्गामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरिएको हो।

नेपाली कांग्रेस निकट शिक्षक सङ्घ र शिक्षक महासङ्घ दार्चुलाका पूर्वअध्यक्ष समेत रहेका सामन्तले अब सशक्त ढङ्गले रास्वपामा क्रियाशील भएर काम गर्ने बताए। दार्चुलाका साथीको मायाले रास्वपाको जिम्मेवारीमा आएको बताउँदै उनले सबैको सहयोगमा दार्चुलामा सङ्गठन विस्तार गर्ने धारणा राखे।

दार्चुलाको विकासका लागि वडास्तरबाट सुझाव सङ्कलन गरेर माथि पुर्‍याउने र घण्टीमय बनाउने सामन्तको भनाइ छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode