ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्को मृत्यु, श्रीमती र छोरा घाइते
काठमाडौं – मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ भने घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सरस्वती र प्रवीनको भने चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको र प्रवीनको अवस्था भने सामान्य रहेको छ ।
ठक्कर दिने ग्यास बुलेट र चालक भारत बिहार घर भएका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार










प्रतिक्रिया