खेलकुदमन्त्री बब्लु गुप्ता : अपहरणको मतियारदेखि विजय भण्डारीसम्म कनेक्सन !
धनगढी : नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि विगतका केही विवादित घटनामा संलग्न भएको आरोपहरू उठिरहेका छन्। उनका क्रियाकलापसँग सम्बन्धित विभिन्न घटना समाजमा ध्यानाकर्षण पाएको स्रोतले दाबी गरेको छ।
उनमाथि लागेको एक आरोपमा धर्मगुरु विजय भण्डारीलाई प्रहरी कारबाहीबाट जोगाउन भूमिका रहेको दाबी छ। स्रोतका अनुसार, २०८१ साल साउन ३१ गते पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीले भण्डारीलाई पक्राउ गर्न लाग्दा गुप्ताले हस्तक्षेप गरेको बताइएको छ।
भण्डारीविरुद्ध आर्थिक अनियमितता र ठगीसम्बन्धी मुद्दाहरू विगतदेखि नै दर्ता भइरहेका छन्। त्यस्तै, शोभा पाठक नामकी एक महिलाले एमाले नेता महेश बस्नेतबाट भएको यौन शोषणको घटनामा गुप्ताको भूमिका रहेको आरोप लगाएकी छन्।
उनको दाबीअनुसार, दुर्गा प्रसाईंविरुद्धको मुद्दासम्बन्धी कार्यवाहीमा गुप्ताले बस्नेतको निर्देशनमा उनलाई पेप्सीकोलाको एक अँध्यारो कोठामा राखेर धम्की दिएको बताइएको छ।
अर्कोतर्फ, गुप्ता सामाजिक र राजनीतिक क्षेत्रमा विभिन्न घटनासँग जोडिएको आरोपलाई अस्वीकार गर्दै आएका छन्।
उनी बारम्बार आफू समाजसेवा र युवासँग सम्बन्धित गतिविधिमा सक्रिय रहेको र संवेदनशील विषयमा सहभागिता व्यक्त गर्नुपरेको बताउँछन्।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार















प्रतिक्रिया