कैलालीमा घरायसी विवाद हुँदा श्रीमतीले हतौडा हानेर श्रीमानको गरिन् हत्या
धनगढी : कैलालीको जोशीपुर गाउँपालिका –३ लकडमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्।
शनिबार राति श्रीमान श्रीमतीबिच घरायसी सामान्य विवाद हुँदा श्रीमतीले श्रीमानलाई हतियार प्रहार गरेको जनाइएको छ।
ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँद आवेगमा आई ३५ वर्षीया सुनितादेवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गर्दा गम्भीर घाइते भइ मृत्यु भएको बताए।
गम्भीर घाइते कठरियाको टीकापुर अस्पतालमा राति नै मृत्यु भएको हो।
प्रहरी निरीक्षक साउँदले घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको अभियुक्त श्रीमतीलाई नियन्त्रणमा लिइ आइतबार म्याद थपगरी अनुसन्धानमै रहेको जानकारी दिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम















प्रतिक्रिया