कञ्चनपुरका रमेश लागूऔषधसहित प्रहरी फन्दामा
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–६ बनगाउ बैजनाथटोल स्थित सोही ठाँउ बस्ने २६ वर्षीय रमेश थापालाइ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
थापालाइ ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम














प्रतिक्रिया