Hikmat Acharya
  • ९ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

रोहित स्मृति क्लबद्वारा जयगढ बजार सरसफाइ


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको प्रमुख व्यापारी केन्द्र जयगढ बजारमा रोहित स्मृति युवा क्लबले सरसफाइ अभियान सञ्चालन गरेको छ।

क्लबमा आवद्ध युवाहरुले शनिबार बिहानदेखि जयगढ देवलबजार, बसपार्क, बीच बजार, गैरीबजार हुँदै एक्लेसल्ला बजारसम्म सरसफाइ अभियान सञ्चालन गरेका हुन्। बजार क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गर्दै युवाहरुले सरसफाइका लागि जनचेतनामूलक सन्देश पनि दिएका थिए।

अभियानमा संलग्न युवाहरुले सरसफाइ जस्तो संवेदनशील विषयमा स्थानीय सरकार र व्यापारी दुवैको तदारुकता कमी रहेको भन्दै ध्यानाकर्षण गराएका छन्। उनीहरुले बजार व्यवस्थापनमा पालिका र सम्बन्धित निकायले सहकार्य र जिम्मेवारीपूर्वक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

क्लबका युवाहरुका अनुसार आगामी दिनमा पनि सरसफाइ र वातावरण संरक्षणका यस्ता अभियान निरन्तर सञ्चालन गरिनेछ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode