बाजुरामा ‘प्रथम खुला गौमुल कप सेभेन एसाइड’ फुटबल प्रतियोगिता सुरु
धनगढी : बाजुरामा ‘प्रथम खुला गौमुल कप सेभेन एसाइड’ फुटबल प्रतियोगिता सुरु भएको छ।
क्रियटिभ यूथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो।
१३ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ३१हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि सम्मान गरिनेछ।
क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया