Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

दुई सातादेखि बेपत्ता बालिकाको शव बीभत्स अवस्थामा भेटियो


दुई सातादेखि बेपत्ता बालिकाको शव बीभत्स अवस्थामा भेटियो

विराटनगर– गत असोज २१ गतेदेखि बेपत्ता बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ ।

लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो जंगल भित्र फेला परेको हो ।

लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा सडेको शव भेटिएको थियोे ।

प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टै स्थानमा छन् । बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको थियोे ।
भित्री वस्त्र पनि खोलिएको अवस्थामा शव भेटिएको प्रहरी अधिकारीको भनाइ छ ।

सडेर दुर्गन्ध फैलिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् ।
अंशु बेपत्ता भएपछि उनको खोजी भइरहेको थियोे ।

शुक्रबार बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार, बालिकाको बलात्कारपछि हत्याको आशंका छ ।

कपडा खोलिएको र शरीरका अंग छुट्टाछुट्टै अवस्थामा भेटिएकाले बलात्कार पछि हत्या भएको जस्तो देखिएको प्रहरीको आशंका छ ।

शव भेटिएपछि घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख कबित कटवालले अनुसन्धान सुरु गरेको जानकारी दिए । शव भेटिएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode