Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी– बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ।

मृत्युु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज मृत फेला परेका हुन्।

बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो।

सोहीअनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल बिष्टको शव फेला परेको हो।

बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए।

बिष्टको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode