दार्चुला जिप दुर्घटना : सवारीधनीको मृत्यु, चालक फरार
धनगढी : दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।
दुर्घटनामा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा बेहोस अवस्थामा फेला परेको र उद्धार गरी स्वास्थ चौकी पठाइएको वडाअध्यक्ष धिरेन्द्र धामीले बताए।
प्रहरीका अनुसार गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। यता स्थानीयहरूले बेहोस अवस्थामा भेटिएका ठगुन्नाको मृत्यु भइसकेको बताएका छन्।
जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ।
चालकको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथका प्रनानी जंगबहादुर चन्दले बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया