Hikmat Acharya
  • ५ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

जयगढमा सम्पन्न अध्यक्ष कपको उपाधि परशुरामलाई : आयोजक बन्यो उपविजेता


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा सम्पन्न तेस्रो अध्यक्ष कप पालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि डडेल्धुराको परशुराम नगरपालिकाले उचालेको छ।

फाइनल खेलमा परशुराम नगरपालिकाले आयोजक बान्नीगढी जयगढ गाउँपालिकालाई पराजित गर्दै उपाधि हात पारेको हो। विजेता परशुराम नगरपालिकाले २ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसैगरी उपविजेता आयोजक बान्नीगढी जयगढले १ लाख १ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ। तेस्रो स्थान हासिल गर्न सफल मेल्लेख गाउँपालिकाले ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता परशुराम नगरपालिकालाई बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरेकी थिइन्।

प्रतियोगिताको उद्घाटन गत असोज ३१ गते सुदूरपश्चिम प्रदेशसभा सदस्य, पूर्व अर्थमन्त्री तथा सार्वजनिक लेखा समिति सभापति अक्कल रावलले गरेका थिए।

५ दिनसम्म चलेको उक्त प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाएका थिए।

समापन समारोहमा अछामका खेल क्षेत्रका अग्रज व्यक्तित्वहरूलाई आयोजकले सम्मान समेत छ ।


क्याटेगोरी : खेलकुद, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode