डोटी अस्पतालका डाक्टर गुप्ताको मृत्यु

डोटी- जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डाक्टर अरुण गुप्ताको मृत्यु भएको छ। गुप्ताको काठमाडौंमा निधन भएको बताइएको छ।
मधुमेह र मुटुसम्बन्धी समस्याबाट पीडित रहेका उनको घरमै मृत्यु भएको हो।
उनको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय शोकाकुल बनेको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष यज्ञराज जोशीले बताए।
डाक्टर गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए।
उनको निधनले डोटी जिल्ला अस्पतालले बिरामीप्रति समर्पित र इमानदार चिकित्सक गुमाएको पूर्वअध्यक्ष जोशीले बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया