खोलामा डुबेर दुई बालकको मृत्यु

काठमाडौं– रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।
दुवै जनालाई स्थानीयले खोलाबाट उद्धार गरी संजिवनी अस्पताल शिवनगर पु¥याएका थिए, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।
केही दिन अघि गौर १ को सिमाक्षेत्र नजिकै बाढीको बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु थियोे ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया