Hikmat Acharya
  • १ कात्तिक २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

तेस्रो अध्यक्ष कप भलिवल जयगढमा सुरु : माननीय रावलले गरे उद्घाटन


अछाम:बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा शुक्रबारदेखि पालिका स्तरीय तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ ।

बरदादेवी जयगढ युवा क्लबको आयोजनामा र बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति अक्कल बहादुर रावलले गरेका हुन् ।

क्लबका अध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउँद, उपाध्यक्ष बिन्दु रावल लगायतका व्यक्तिहरू विशिष्ट अतिथि रहेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि अक्कल बहादुर रावलले खेलकुदलाई समाज रुपान्तरणको महत्वपूर्ण माध्यम रहेको रूपमा उल्लेख गर्दै युवा ऊर्जालाई सकारात्मक बाटोमा लैजान खेलकुदले निर्णायक भूमिका खेल्ने बताएका छन्।

गाउँगाउँमा यस्ता प्रतियोगिता आयोजना हुनु अत्यन्तै सराहनीय कदम हो उनले भने यसले एकता, भाईचारा र स्वस्थ प्रतिस्पर्धाको भावना जगाउनेछ।

उनले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम नभई राष्ट्र निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । प्रतियोगीतामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगीतामा प्रथन हुने टिमले २ लाख १ हजार रुपैयाँ , उपविजेताले १ लाख १ हजार रुपैयाँ र तृतीय हुने टोलीले ५१ हजार रुपैयाँ सहित मेडल ट्रफि प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि विशेष ट्रफीद्वारा सम्मान गरिने क्लबका सचिव गोकुल ठकुल्लाले बताएका छन् ।


क्याटेगोरी : खेलकुद, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode