Techie IT
  • ३ पुस २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा कुटिए प्रहरी सइ चन्द


कञ्चनपुरमा कुटिए प्रहरी सइ चन्द

धनगढी : ७०औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरको ब्रह्मदेवमा प्रहरी नायब निरीक्षक (सइ) देवेन्द्रबहादुर चन्दमाथि कुटपिट भएको छ।

बिहीबार साँझ भीमदत्त नगरपालिका–९ ब्रह्मदेव महाकाली करिडोर क्षेत्रमा यात्रु बोकेर जाँदै गरेको बोलेरो चालक र यात्रुले सइ चन्दमाथि आक्रमण गरेका हुन्।

कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घाइते सइ चन्दलाई महाकाली अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु ओसारिएको विषयमा सोधपुछ गर्दा विवाद भएपछि घटना भएको हो।

प्रहरीले तेजबहादुर बोहरा र भरत जोशीलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ भने चालक फरार रहेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode