Hikmat Acharya
  • ३० असोज २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

विद्या भण्डारी र भीम रावलमाथिको कारबाही फिर्ता गर्न झपड रावलको आग्रह


धनगढी : नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले पार्टी नेतृत्वसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेता भीम रावलमाथिको कारबाही फिर्ता गर्न आग्रह गरेका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बोल्दै उनले पार्टीभित्र उदारता देखाउँदै एकताबद्ध र बलियो संगठन बनाउन कारबाही फिर्ता गरी सबैलाई पुनः साथमा लिनुपर्ने धारणा राखे।

रावलले जेन–जी आन्दोलनका बेला नेताहरू र कार्यकर्ताहरू सक्रिय नभई लुकेर बसेको टिप्पणी पनि गरे।

उनले पार्टी र जनताबीचको लय नमिलेको उल्लेख गर्दै कांग्रेससँग सहकार्य गरेर सरकार गठन गर्दा सातबुँदे समझदारी १४ महिनासम्म कार्यान्वयन नहुँदाको स्मरण गराए।

त्यस्तै, उनले जेन–जी आन्दोलनको अघि र पछिको राजनीतिक शक्ति सन्तुलनमा ठूला परिवर्तन आएको समेत बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode