सुनको मूल्य तोलामा अढाई लाखमाथि

काठमाडौं: स्थानीय बजारमा बिहीबार सुनको मूल्यले साढे २ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । बुधबार २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया