डोटीको पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ।
स्थानीय युवाहरूले विकास निर्माण लगायतका ४७ बुँदे मागमा छलफल गर्दा जनप्रतिनिधिले अनावश्यक दबाब दिएको भन्दै तालाबन्दी गरिएको हो।
स्थानीय युवा विष्णु खड्काले मागका विषयमा मङ्गलवार दिनभरि छलफल गरिएको र बुधवार पनि निष्कर्ष निकाल्ने गरी छलफल गर्न खोजे पनि गाउँपालिकाका जनप्रतिनिधिले विभिन्न सर्त राखेपछि वार्ता हुन नसकेपछि तालाबन्दी गरिएको बताए।
उनले अघिल्लो दिन वार्ता गरेर गएको टोली दोस्रो दिन आउँदा ५ जना मात्रै आउनु पर्ने, वार्ता पारदर्शी गर्न आनाकानी गरेपछि तालाबन्दी गरिएको बताए।
उनले दिनभरि प्रयास गर्दा पनि वार्ताको माहौल नबनेपछि तालाबन्दी गरिएको बताए। उनले माग पुरा गर्न वार्ताको वातावरण नबनेसम्म तालाबन्दी जारी रहने बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया